चाचाजीको नागरिक अभिनन्दनमा जे देखियो ( फोटो फिचर )

167
  • नेपाली पत्रकारिताको ईतिहासमै सम्भवतः पहिलो पटक नेपालगन्जमा रथारोहनसहित नागरिक अभिनन्दन

नेपालगन्ज, जेठ ३०-
प्रेस स्वतन्त्रता सेनानी एवम् वरिष्ठ पत्रकार पन्नालाल गुप्ता ‘चाचाजी’ मंगलबार भव्य समारोहका बीच नागरिक अभिनन्दन गरियो । जुन कार्यक्रमले पत्रकारिता क्षेत्रमै जीवन सर्मपित गरेका र उर्जावान समय पत्रकारितामा बिताएका पत्रकारको मनोबल उच्च पारेको छ । अभिनन्दित व्यक्तित्व गुप्ता स्वयंलाई पनि यो सम्मान अविष्मरणीय बनेको छ । नेपाली पत्रकारिताको ईतिहासमै सम्भवतः पहिलो पटक प्रेस स्वतन्त्रता सेनानी गुप्तालाई नेपालगन्जमा रथारोहन सहित नागरिक अभिनन्दन गरिएको छ । जुन कुरा नेपाली पत्रकारिताको ईतिहासमा रहनेछ ।

नेपाल प्रेस युनियन बाँकेको संयोजनमा गरिएको नागरिक अभिनन्दनमा देखिएको उत्साह र उपस्थितीले नै वरिष्ठ पत्रकार गुप्ताको योगदानको उच्च कदर भएको थियो । चाचाजीलाई युनियन बाँकेका अध्यक्ष जयनारायण शाह, नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवलसम्शेर राणा र उपमेयर उमा थापामगरले संयुक्त रुपमा अभिनन्दन पत्र हस्तान्तरण गरेका थिए । अभिनन्दन गर्नुअघि त्रिभुवन चोक पुर्वलाईनस्थित गुप्ताको निवास अगाडीबाट रथारोहन सुरु भएको थियो ।

रथारोहनका क्रममा बाँके राष्ट्रिय निकुञ्जका दुई वटा हात्ती, राष्ट्रिय सेवा दलका क्याडेट, प्रहरीको ब्याण्ड बाजा सहित जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, व्यापारी, पत्रकार, समाजसेवी, पत्रकार लगायतको उत्साहजनक सहभागिता रहेको थियो । युनियनको संयोजनमा गरिएको नागरिक अभिनन्दन समारोहमा बोल्ने अतिथीले प्रेस स्वतन्त्रता सेनानी गुप्ताको सादगी र शालिन व्यक्तित्वको जति प्रशंसा गरेपनि कम हुने बताए । पत्रकारिता क्षेत्रमै जीवन सर्मपित गरेका ८९ वर्षिय चाचाजीले पत्रकारितामार्फत प्रजातन्त्र स्थापना गर्नमा पुर्याएको योगदानको सबैले उच्च प्रशंसा गरे ।

सो क्रममा सांसद महेश्वर गहतराज अथक, नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवलसम्शेर राणा, पत्रकार महासंघका उपाध्यक्ष बिपुल पोखरेल र पत्रकार महासंघका पुर्वअध्यक्ष धर्मेन्द्र झाले चाचाजीको दिर्घायुको शुभकामना दिए । नागरिक अभिनन्दन समारोहमा नेपाल प्रेस युनियन केन्द्रिय कार्यसमिति, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, प्रेस चौतारी र प्रेस सेन्टर, चिकित्सक संघ भेरी, रुपान्तरण नेपालले छुट्टा छुट्टै सम्मान पत्र प्रदान गरेका थिए । 

तस्बिरहरु : खगेन्द्र दाहाल

Womui
Womui