रहेनन् मुखिया बा

235

छिनछिन खबर
काठमाडौं, जेठ ३० । मुखिया बाको नामबाट चिनिने चर्चित कलाकार भीमबहादुर थापाको बुधबार निधन भएको छ । ९२ वर्षको उमेरमा उनको निधन भएको हो । थापालाई मुटु, मृगौला, फोक्सो आदिमा स्वास्थ्य समस्या थियो । रोगका कारण थलिएका थापा केही समययता अभिनयमा सक्रिय थिएनन् ।

 

उनको आजै पशुपति आर्यघाटमा दाहासंस्कार गरिने परिवारले जनाएको छ । उनलाई अन्तिम श्रद्धाञ्जलीका लागि १० बजेदेखि १२ बजेसम्म आर्यघाटमा राखिने छ । आर्यघाटमा उनलाई सेनाले अन्तिम सलामी दिनेछ । थापाका एक छोरा र दुई छोरी छन् । छोरा प्रकाश भने यतिखेर अमेरिकामा छन् । थापा नेपाली सेनाका अवकाश प्राप्त सेनानी समेत हुन् ।

Womui
Womui