प्रधानन्यायाधीसमा दीपकराज जोशी सिफारिस

54

छिनछिन खबर
काठमाडौं, जेठ २९ । कायममुकाय प्रधानन्यायाधीश दीपकराज जोशीलाई प्रधानन्याधीस बनाउन सिफारिस गरिएको छ । मंगलबार संवैधानिक परिषदले प्रधानन्यायाधीश नियुक्तिका लागि जोशीलाई सिफारिस गरेको हो ।


गत फागुन ३० गतेदेखि प्रधानन्यायाधीशको पद रिक्त छ । त्यसयता कायममुकायम प्रधानन्यायाधीशले न्यायालयको नेतृत्व गर्दै आएका थिए । प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिना पहिले प्रधानन्यायाधीश नियुक्त गर्नुपर्ने कानूनी व्यवस्था छ ।

संवैधानिक परिषद् बैठकले सिफारिस गरेर संसदीय सुनुवाइका लागि संसदमा पठाउने प्रचलन छ । संसदीय सुनुवाइ पास गरेका न्यायाधीशलाई राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति गर्ने छिन् । तर संसदको कार्यसञ्चालन नियमावली नबनेकोले संसदीय सुनुवाइ समिति पनि अहिलेसम्म गठन भएको छैन ।

Womui
Womui