ऋणको व्याजदर स्थिर राख्न माग

141

छिनछिन खबर
काठमाडौं, जेठ २९ । उद्योगी व्यवसायीले ऋणको व्याजदर स्थिर राख्नेगरी मौद्रिक नीति ल्याउन सुझाव दिएका छन् । राष्ट्र बैंकले मंगलबार गरेको मौद्रिक नीतिको सुझाव संकलनका क्रममा उनीहरुले निक्षेपको व्याजदरमा बैंकहरुले गरेको भद्र सहमति समेत हटेकाले कर्जाको व्याजदरमा असर पर्न सक्ने बताएका हुन् ।  बैंकहरुबीच बढी व्याज दिएर निक्षेप तान्ने प्रतिस्पर्धा सुरु भएका बेला उद्योगीहरुले कर्जाको व्याजदरमा स्थिरता हुनुपर्ने जोड दिए ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले अस्थिर व्याजदर रहिरहँदा लगानी बढ्न नसक्ने बताए। । त्यस्तै कतिपय व्यवसायीले हाल दिइँदै आएको अमेरिकी डलरको सटही सुविधाको सीमा २५ सयबाट बढाएर ४ हजार पु¥याउन माग गरे । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले भारु ५ सय तथा १ हजारका नोटको कारोबार खुला गर्नुपर्ने माग गर्दै सम्पत्तिको स्रोत खुलाउनुपर्ने व्यवस्थालाई लचिलो बनाउनु पर्ने बताए ।

कार्यक्रममा नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले लगानीयोग्य पुँजीको अभाव रहेको बताउँदै यो अभाव नहटेसम्म आर्थिक वृद्धिको लक्ष्य भेट्न गाह्रो हुने बताए । ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नका लागि थप ५ खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने उनको भनाइ छ । बिमा समितिका अध्यक्ष चिरञ्जिवि चापागाईंले व्यवसायीले लिने े कर्जामा बिमाको व्यवस्था हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवि नेपालले विद्युत आपूर्ति उद्योगमा पनि नियमित भएकाले ८ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने बताए ।

Womui
Womui