नारायणगढ–मुग्लिङ सडकको ठाउँ ठाउँमा पहिरो

246

छिनछिन खबर
चितवन, जेठ २९ । निरन्तरको वर्षापछि नारायणगढ–मुग्लिङ सडकखण्डको ठाउँ ठाउँमा पहिरो खसेको छ । पहिरोले उक्त सडक अवरुद्ध भएको छ ।


उक्त सडकको मुग्लिङ नजिकै कालीखोला, जलविरेलगायतका सातभन्दा बढी ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोमबार राति ११÷१२ बजेदेखि सडक अवरुद्ध हुन थालेको हो । मंगलबार बिहान ६ बजेदेखि डोजर र एस्काभेटरले पहिरो पन्छाउने काम भइरहेको भए पनि सवारी आवागमनमा भने समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Womui
Womui