यसरी सुरु हुँदैछ विश्वकप फुटबल

113

मस्को, जेठ २९ (एजेन्सी) । फुटबलको कुम्भ मेला फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ दुई दिनपछि अर्थात जेठ ३१ गतेबाट रसियामा सुरु हुँदैछ । ३२ टिमको सहभागिता रहने प्रतियोगिताका लागि सबै टिमले तयारी अन्तिम चरणमा पु¥याएका छन् । विश्वकपका लागि सबै देशले अन्तिम टिम घोषणा गरिसकेका छन् । टिमहरु रसिया पुग्ने क्रम पनि सुरु भइसकेको छ ।


रसियाका ११ सहरका १२ रंगशालामा हुने प्रतियोगितामा छनोट भएका ३२ टिमलाई ८ समूहमा विभाजन गरिएको छ । ३२ टिमबीच ६४ खेल हुनेछ । उदघाट्न खेलमा आयोजक रसिया र साउदी अरेबियाबीच प्रतिस्पर्धा हुँदैछ ।

कुन टिम कुन समूहमा
३२ राष्ट्रलाई ८ समूहमा विभाजन गरेर खेल खेलाइने छ । जसमा युरोपबाट रूस (आयोजक), बेल्जियम, जर्मनी, बेलायत, स्पेन, पोल्याण्ड, आइसल्याण्ड, सर्बिया, फ्रान्स, पोर्चुगल, स्वीजरल्याण्ड, क्रोएसिया, स्वीडेन र डेनमार्क गरि १४ राष्ट्रले सहभागी छन् । यस्तै एसियाबाट इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र अस्ट्रेलिया गरी ५ राष्ट्रले भाग लिँदैछन् । अफ्रिकाबाट नाइजेरिया, इजिप्ट, सेनेगल, टिउनेसिया र मोरक्कोले खेल्नेछन् भने उत्तरी अमेरिकाबाट मेक्सिको, कोस्टारिका र पानामा गरी ३ राष्ट्रहरू रहेका छन् ।
दक्षिणी अमेरिकाबाट ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलोम्बो र पेरू गरी ५ राष्ट्रहरूले भाग लिनेछन् ।

समूह विभजन
समूह एः रुस, साउदी अरेबिया, इजिप्ट र उरुग्वे
समूह बीः पोर्चुगल, स्पेन, मोरक्को र इरान
समूह सीः फ्रान्स, अस्ट्रेलिया, पेरु र डेनमार्क
समूह डिः अर्जेन्टिना, आइसल्याण्ड, क्रोएसिया र नाइजेरिया
समूह इः ब्राजिल, स्विट्जरल्याण्ड, कोस्टारिका र सर्बिया
समूह एफः जर्मनी, मेक्सिको, स्वीडेन र कोरिया गणतन्त्र (दक्षिण कोरिया) समूह जीः बेल्जियम, पानामा, टिउनेसिया र बेलायत
समूह एचः पोल्याण्ड, सेनेगल, कोलम्बिया र जापान

Womui
Womui