विश्वकप खेल देखाउँदै हुनुहुन्छ ? प्रशासनले जारी ग¥यो यस्तो सूचना

58

छिनछिन खबर
काठमाडौं, जेठ २८ । विश्वकप खेल देखाउने तयारीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने प्रशासले जारी गरेको सूचना ख्याल गनूस् है, नत्र प्रशासनको कारबाहीमा परियला नि ! विश्वकप सुरु हुन तीन दिन बाँकी हुँदा जिल्ला प्रशासन कार्यालय काठमाडौंले विश्वकपका खेल देखाउँदा पालन गर्नुपर्ने नियमबारे सूचना जारी गरेको छ ।


प्रशासनले १० बुँदे सूचना जारी गर्दै विभिन्न क्लब, संघसंस्था, निजी व्यवसायीहरुले आआफ्नो परिसरभित्र मात्रै खेल देखाउन पाउने जनाएको छ । साथै विश्वकपका खेल प्रदर्शन भएको ठाउँमा प्रवेश शुल्क लिन नपाउने, खेललाई लिएर जुवा र सट्टेबाजी गर्न नपाइने, सार्वजनिक स्थलमा गरिने प्रदर्शनमा रक्सी खाने र बेच्ने गर्न नपाइने, सीसीटीभीको व्यवस्था भएको हुनुपर्ने, ट्राफिक अवरोध गर्न नपाइने, होहल्ला गर्न नपाइनेलगायतका नियम प्रशासनले जारी गरेको छ ।

 

यस्तो छ प्रशासनले जारी गरेको सूचना

Womui
Womui