७४ हजारले दिए कोरियन भाषा परीक्षा

319

छिनछिन खबर
काठमाडौं, जेठ २७ । रोजगारी अनुमति प्रणालीमार्फत कोरिया जाने भाषा परीक्षामा ७४ हजार ८ सय ६६ सहभागी भएका छन् । अनलाइमार्फत ८२ हजार २ सय ६४ ले फारम भरेकोमा शनिबार र आइतबार गरी सात हजार ३ सय ९८ जना सहभागी नभएको वैदेशिक रोजगार विभागको इपिएस शाखाले जनाएको छ ।


यसैबीच सोही परीक्षामा दुई सय ४७ नक्कली परीक्षार्थी फेला परेका छन् । फारम बुझाउँदा नै फरक फोटा टाँसेर बदमासी गरेको शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले बताए । इपिएस सुरु भएयता नै यसपटक सबभन्दा बढी नक्कली परीक्षार्थी फेला परेका हुन् ।
परीक्षा काठमाडौं, ललितपुर र पोखरामा भएको थियो । नक्कली परीक्षार्थी भने काठमाडौं र ललितपुर केन्द्रमा फेला परेका हुन् । भण्डारीले अर्को व्यक्तिलाई परीक्षा दिन लगाएकालाई तीन वर्षसम्म परीक्षामा सहभागी हुन नदिइने बताए । अर्काको परीक्षा दिनेहरूलाई भने प्रहरीले सार्वजनिक अपराधको मुद्दा लगाउने तयारी गरिरहेको छ । अर्काको परीक्षा दिनेले प्रतिव्यक्ति पाँच लाख रुपैयाँसम्म असुल गरेको बताइएको छ ।

भाषा परीक्षाको नतिजा असार १६ गते सार्वजनिक गर्ने कार्यक्रम छ । यसपटक कोरिया सरकारले सात हजार एक सय कोटा तोकेको छ ।

Womui
Womui