नेपाल प्रहरीमा तीन र सशस्त्र प्रहरीमा दुई जना एआइजी

47

छिनछिन खबर
काठमाडौं, जेठ २७ । नेपाल प्रहरीमा अब तीन जना र सशस्त्र प्रहरीमा दुई जना मात्र एआइजी रहने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुर्ब प्रहरी संगठनमा एआइजीको दरबन्दी कटौतीको निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए ।

संघीय प्रहरी ऐनको मस्यौदा निर्माणका क्रममा रहेको गृह मन्त्रालयले ५ एआइजी राख्ने प्रस्ताव गरेको थियो । तर, प्रदेशमा डिआइजी राखेर महानगरीय प्रहरी आयुक्तको कार्यालयमा एआइजी राख्नु उपयुक्त नहुने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद् बैठकले प्रहरीमा तीन जना मात्र एआइजी राख्ने निर्णय गरेको हो । राजनीतिक नेतृत्वको भागवण्डा मिलाउने क्रममा कुनै समय प्राविधिकसहित १६ जनासम्म पुगेको थियो । मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीमा पनि एआइजीको दरबन्दी कटौती गरेको छ ।
अब सशस्त्रमा दुई जना मात्र एआईजी हुनेछन् । गृह मन्त्रालयले तीन एआइजी राख्ने प्रस्ताव गरेको थियो । हाल सशस्त्र प्रहरीमा ८ जना बहालवाला छन् ।

प्रहरीमा ३१०१ दरबन्दी थप

मन्त्रिपरिषद्ले नेपाल प्रहरीको ३ हजार १ दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ । प्रहरी इकाइ नै नपुगेका स्थानीय तहलाई पहिलो प्राथमिकता दिई आगामी वर्ष १६०० र बाँकी क्रमशः गर्ने गरी गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरिएको जानकारी दिए ।

Womui
Womui