हतारमा प्रदेश राजधानी तोकिँदैनः मुख्यमन्त्री पोखरेल

127

छिनछिन खबर
बुटवल, जेठ २७ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी राजधानी हतारमा नतोकिने बताएका छन् । प्रदेशसभामा प्रस्तुत प्रदेश सरकारको नीति कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले हतारमा प्रदेशको राजधानी तोकेर थप समस्या निम्त्याउने पक्षमा नरहेको जवाफ दिए ।


‘अस्थायी केन्द्र तोक्नु अघि प्रदेशका जनताको मनोभावना के थियो भन्ने बिषयमा सबै जानकार छौं’ उनले भने, ‘त्यसैले हतारमा निर्णय गरेर समस्या निम्त्याउनु भन्दा सहमतिमा समस्यारहित तरिकाले टुंगो लगाइन्छ ।’आगामी आर्थिक बर्ष्भित्र विस्तृत गुरुयोजनासहित सहमतिका आधारमा प्रदेश राजधानी तोक्ने उनले बताए ।मुख्यमन्त्री पोखरेलले नीति कार्यक्रममाथि सांसदहरुले उठाएका सवाल र दिएको सुझावलाई बजेट निर्माणका लागि मार्गदर्शकका रुपमा ग्रहण गर्ने र प्रदेशको सामथ्र्य बृद्धि गर्ने योजनालाई प्राथमिकता दिइने बताए । उनले संघीय सरकारबाट हस्तान्तरण हुने सांगठनिक संरचना सहितको जनशक्ति अझैसम्म पनि हस्तान्तरण नहुदा प्रदेश सरकारले सोचे अनुरुप काम गर्न नसकेको प्रष्टिकरण दिए ।

अझैसम्म संघीय सरकारबाट संगठनात्मक संचरना हस्तान्तरणको प्रतिक्षामा रहेको भन्दै उनले त्यसका लागि केही निश्चित समय मात्रै पर्खने र अन्यथा प्रदेश सरकारले बैकल्पिक ब्यवस्था गर्ने जानकारी गराए । बिषयगत दक्ष प्राबिधिक जनशक्ति उपलब्ध गराउन गरिएको मागमा संघीय सरकार सहमत भए पनि जनशक्ति अझै नआएको उनको गुनासो थियो ।

Womui
Womui