अटो रिक्सा दुर्घटना तीनको मृत्यु

163

छिनछिन खबर
सुर्खेत, जेठ २७ । जिल्लाको पञ्चपुरी नगरपालिका–५ मुरमुरीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।भे १ ह २१३५ नम्बरको अटो रिक्सा बाबियाचौरबाट मुरमुरी जाँदै गरेको बेला अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा २४ वर्षीया विनिता शाही, उनकी छोरी प्रतीक्षा र अटो रिक्सा चालक अशोक रावतको मृत्यु भएको इलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको छ । बालिकाको दुर्घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका लागि वीरेन्द्रनगर ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो ।

दुर्घटनामा परेका अन्यको उपचार मध्य पश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा भइरहेको छ, भने उनीहरूको अवस्था गम्भीर रहेको प्रहरी स्रोतले बताएको छ ।

Womui
Womui