तारा एअरको विमान दुर्घटना, १६ यात्रु सकुशल

395

छिनछिन खबर
नेपालगन्ज, जेठ २६ । तारा एयरको विमान जुम्ला विमानस्थलमा शनिबार दुर्घटनामा परेको छ । नेपालगन्जबाट जुम्लाका लागि उडेको उक्त विमान जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पन्चर हुँदा दुर्घटनामा परेको हो । विमान धावनमार्गबाट चिप्लिएको थियो । विमानको अगाडिको भाग भुइँमा बजारिँदै तारजालीमा ठोक्किएको थियो ।


दुर्घटनामा विमानको अगाडिको भागमा क्षति पुगे पनि चालक दलका सदस्यसहित १६ यात्रु सकुशल रहेको जुम्ला विमानस्थलले जनाएको छ । दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ ।

Womui
Womui