भिजिट नेपालको लोगो सार्वजनिक

284

छिनछिन खबर
काठमाडौं, जेठ २६ । भिजिट नेपाल २०२० को लोगो शनिबार सार्वजनिक गरिएको छ । वार्षिक २० लाख पर्यटक नेपाल भित्र्याउने उद्देश्यसहित घोषणा भएको ‘भिजिट नेपाल २०२० को लोगो सार्वजनिक गरिएको हो । संस्कृति, पर्यटन तथा नगारिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको संयोजकत्वमा रहेको अभियान मूल समारोह समितिले लोगो छनोट गरेको हो ।

खुल्ला प्रतिस्पर्धा अन्तर्गत सामाजिक सञ्जाल फेसबुकमार्फत प्राप्त १ सय ४५ वटा लोगो मध्येबाट समितिले उक्त लोगो छनोट गरेको मन्त्री अधिकारीले जानकारी गराएका छन् । छनोट भएको लोगो काठमाडौं बौद्धका ग्राफिक्स डिजाइनर उद्धव रिमालले बनाएका हुन्।

गएको वर्ष करिब १० लाख पर्यटक नेपाल आएको र यस वर्ष १२ लाख तथा सन् २०२० मा यसको संख्या बढाएर २० लाख पर्यटक नेपाल भित्र्याउन सरकारको लक्ष्य रहेको छ ।

Womui
Womui