शिक्षा ऐन नियमावलीको शिक्षकद्धारा विरोध

157

नेपालगन्ज, जेठ २५-
शिक्षा ऐन, नियम तथा संघिय कानुन विपरित अधिकार प्रयोग गरी डुडुवा गाउँपालिकाले शिक्षा ऐन बनाएको भन्दै शिक्षकका विभिन्न संघ, संगठनले बिरोध जनाएका छन् । गाउँपालिका प्रमुख नरेन्द्रकुमार चौधरीले संघिय ऐन नियमसँग बाँझिने गरी शिक्षा ऐन ल्याएको उनीहरुको आरोप छ । नेपाल शिक्षक संघ, अखिल नेपाल शिक्षक संगठन र राष्ट्रिय शिक्षक संगठनले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै तत्काल ऐन, नियमावली संशोधन गर्न माग गरेका हुन् ।

राजपत्रमा प्रकाशित शिक्षा नियमावलीको विषयमा पालिका स्तरीय प्र.अ. बैठकमा सामान्य छलफलको विषयलाई लिएर डुडुवा गाउँपालिका शिक्षा शाखा अधिकृत खगेन्द्रबहादुर मल्ललाई गाउँपालिकाले काज फिर्ता गरेको विषयमा पनि शिक्षक संघ, संगठनले आपत्ति जनाएका छन् । उक्त निर्णय पनि तत्काल सच्याउन उनीहरुले आग्रह गरेका छन् । शिक्षासँग सम्वन्धित विषयमा शिक्षाका प्रत्यक्ष सरोकारवाला ब्यक्तिले शिक्षाका नियममा छलफल गर्न हुन्न भन्नु लोकतन्त्रको उपहास भएको ठहर गरिएको छ । ऐन, नियमावली संशोधान नगरिए न्यायिक उपचारका लागि अदालत जाने चेतावनी दिइएको छ ।

Womui
Womui