यु १९ टिममा परे सचिन तेन्दुलकरका छोरा

74

छिनछिन खबर
काठमाडांै,जेठ २५

सचिन तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकर भारतीय यु १९ टिममा परेका छन्।आगामी महिना श्रीलंकामा हुने प्रतियोगिता खेल्ने टिममा अर्जुन परेका हुन्।श्रीलंकामा भारतीय यु १९ ले दुई चार एकदिवसीय र पाँच वान डे खेल्नेछ।

 

१८ वर्षीय युवा अल राउन्डर अर्जुनलाई भारतीय क्रिकेट बोर्डले श्रीलंका भ्रमणका लागि चार एकदिवसीयमा चयन गरेको हो।यसअघि जोनल क्रिकेट एकेडेमी र ऊनामा खेलेको प्रतियोगितामा उनी यु १९ का महत्वपूर्ण खेलाडी थिए। अर्जुन ब्याटिङका साथै बायाँ हातबाट तिब्र बलिङ गर्न सक्छन्। यसअघि उनी मुम्बईका लागि यु १४ र यु १६ टिमबाट खेलिसकेका छन्।

सचिन तेन्दुलकरले अर्जुनलाई इङ्ग्ल्याण्डमा समेत बलिङ प्रशिक्षण गराएका थिए।यु १९ छनोट आशीष कपूर, ज्ञानेन्द्र पाण्डे र राकेश पारिख सम्मिलत टिमले गरेको हो।भारतीय टीम आगामी महिना श्रीलंका भ्रमणमा निस्कनेछ। चार दिवसीय खेलका लागि भारतीय टिमको नेतृत्व दिल्लीका विकेटकीपर ब्याट्मेन अनुज रावतले गर्नेछन्।

Womui
Womui