पर्यटन क्षेत्रलाई उद्योगको रूपमा विकास गराउँछुः मन्त्री अधिकारी

57

छिनछिन खबर
काठमाडौं, जेठ २४ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रबिन्द्र अधिकारीले पर्यटन क्षेत्रलाई उद्योगको रूपमा विकास गराउने बताएका छन् । पर्यटन क्षेत्रको विकासका लागि मन्त्रालयद्वारा गठित प्रवुद्ध विज्ञ समूहको प्रथम बैठकलाई बिहीबार सम्बोधन गर्दै मन्त्री अधिकारीले उक्त कुरा बताएका हुन् ।


‘नेपालको पर्यटन विकासमा अहिलेसम्म जे जति प्रगति भएको छ । त्यो सबै निजी क्षेत्रको पहलमा भएको हो,’ अधिकारीले भने, ‘अब सरकार र निजी क्षेत्र मिलेर पर्यटनलाई उद्योगको रूपमा विकास गर्ने बेला आएको छ ।’
उनले पर्यटन क्षेत्रलाई उत्पादनमुखी बनाउन खोजेको समेत बताए । उत्पादनमुखी भएपछि पर्यटन क्षेत्रबाट राजस्व वृद्धि हुने उनको अपेक्षा छ । पर्यटन क्षेत्रलाई विकास गर्दा देशमा सबभन्दा बढी रोजगारी पर्यटन क्षेत्रबाट सिर्जना हुने अधिकारीले बताए ।
अलिकति मेहनत गर्ने हो भने कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान २५ प्रतिशत पुग्ने अधिकारीको भनाइ छ ।

Womui
Womui