हङकङ लैजाने भन्दै डेढ करोड ठगी !

122

मालती ओली
काठमाडौं, जेठ २५ । पोखराका यमबहादुर गुरुङको पछिल्लो दुई वर्ष न्याय खोज्दैमा बित्ने गरेको छ । कहिले प्रहरी, कहिले प्रशासन अनि कहिले पत्रकार त कहिले वकिल भेट्दैमा गुरुङले हैरानी खेपिरहेका छन् ।


हङकङ जाने लोभमा सात लाख रुपैयाँ बुझाएपनि जान नपाएपछि उनी यतिखेर न्याय खोज्दै विभिन्न ठाउँ चाहार्न बाध्य भएका हुन् । तर, विभिन्न निकाय चाहार्दा पनि अहिलेसम्म कुनै उपलब्धि हुन नसकेको उनको भनाइ छ । दलाल जीवन गुरुङ र सञ्चिता गुरुङले यमबहादुरसहित २७ जनासँग एक करोड ४९ लाख रुपैयाँ ठगी गरेर फरार भएका छन् ।

जीवन र सञ्चिताले हङकङ लैजाने भन्दै २०७२ मा रकम असुलेको अर्का पीडित मिलन गुरुङले बताए । यमबहादुरले लम्जुङ, दोर्दी गाउँपालिका–९ घर भएकी सञ्चिताले हङकङ लैजान्छु भनेर रकम उठाएको र त्यसपछि फरार भएको बताइन् । सञ्चिताले ती युवालाई हङकङ लैजाने भनेर भारतको दिल्लीमा केही दिन राखेकी थिइन् । पीडित युवाकी आमाहरूले पत्रकार सम्मलेन गरेर सरकारले जसरी पनि फरार रहेका सञ्चिता र जीवनलाई पक्राउ गर्न माग गरेका छन् । सञ्चिता र जीवनले रोजगारीका लागि हङकङ लैजाने भन्दै उनीहरूसँग रकम असुल गरे पनि उनीहरूसँग लेनेदेनको कागज गरेका छन् ।

Womui
Womui