वडा प्रहरी नेपालगन्जको ईन्चार्जमा डाँगी

444

नेपालगन्ज, जेठ २४-
वडा प्रहरी कार्यालय नेपालगन्जमा इन्चार्जको जिम्मेवारी प्रहरी निरीक्षक नारायण डाँगीले सम्हालेका छन् । तत्कालिन ईन्चार्ज राजनकुमार गौतमको सरुवा भएपछि उनको ठाउँमा डाँगी आएका हुन् । नेपालको अपराध अनुसन्धान शाखाबाट सरुवा भएर आएका प्रहरी निरीक्षक डाँगीले वडा प्रहरी ईन्चार्जको जिम्मेवारी हालै सम्हालेका हुन् ।

आफ्नो कार्यकाल अवधिभर नेपालगन्ज क्षेत्रको अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, घरेलु मदिरा नियन्त्रण, तस्करी नियन्त्रण जस्ता कार्यमा विशेष ध्यान दिने उनले बताएका छन् । बिहीबार पत्रकारसँगको परिचयात्मक कार्यक्रममा डाँगीले शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरीलाई आम सर्बसाधारणको सहयोग आवश्यक पर्ने भन्दै सबैको सहयोगले मात्र आफुले प्रभावकारी शान्ति सुरक्षा प्रदान गर्न सक्ने बताए ।

Womui
Womui