विषालु सर्पको टोकाइबाट वडाध्यक्षको मृत्यु

43

छिनछिन खबर
विराटनगर, जेठ २४ । बुधबार राति ११ बजे विषालु सर्पको टोकाइबाट वडाध्यक्षको मृत्यु भएको छ । धनपालथान गाउँपालिका–२ का ३५ वर्षीय बलिराम भगत शौचालय गर्न बुधबार राती घरबाट बाहिर निस्केको बेला विषालु सर्पले टोकेको थियो ।

 

गम्भीर अवस्थामा परिवारले उनलाई विराटनगरस्थित गोल्डेन अस्पतालमा लिएका थिए । उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जनाएको छ ।

Womui
Womui