म्याच  फिक्सिङको अभियोग लागेका ६ खेलाडीलाई सफाइ

88

छिनछिन खबर
काठमाडौं, जेठ २४ । फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगितामा म्याच फिक्सिङ आरोप लागेका ६ खेलाडीलाई बिहीबार विशेष अदालतले सफाइ दिएको छ । म्याच फिक्सिङको अभियोग लागेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान सागर थापालगायत ६ जनालाई सफाइ दिएको हो ।


विशेष अदालतका न्यायाधीशहरू बाबुराम रेग्मी, प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले प्रहरीको दाबी नपुगेको भन्दै उनीहरूलाई सफाइ दिएको हो ।
२०७२ कात्तिक २४ गते थापालगायत चार खेलाडी र एक पूर्व प्रशिक्षक धरौटीमा रिहा भएका थिए ।

विभिन्न अन्तर्रा्ष्ट्रिय खेलमा म्याच फिक्सिङ गरेको अभियोगमा प्रहरीले सोही वर्ष असोज २७ गते उनीहरूलाई पक्राउ गरेको थियो ।

Womui
Womui