जिप दुर्घटनामा चालक सहित तीनको मृत्यु पाँच घाइते

49

छिनछिन खबर
बझाङ, जेठ २४ । जिल्लाको छविस पाथिभेरा गाउँपालिकामा जिप दुर्घटना हुँदा चालक सहित एक दम्पती गरी तीन जनाको मृत्यु भएको छ, भने पाँच जना घाइते भएका छन् । भाँडेबगरबाट ब्यासीतर्फ जाँदै गरेको से १ ज ८३७ नम्बरको जिप छविसपाथिभेरा गाउँपालिका वडा नम्बर ४ को नेटाखान भन्ने ठाउँमा दुर्घटना भएको हो ।

 

मृत्यु हुनेमा जीप चालक लाल बहादुर भण्डारी, यात्रु ४५ वर्षीया वीरेन्द्रबहादुर सिहं र उनकी ३८ वर्षीया पत्नी जलादेवी सिहं छन् ।जिपमा ८ यात्रु सवार रहेका थिए । दुर्घटनामा छविसपाथीभेरा गाउँपालिकाका अन्य ५ जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

Womui
Womui