वन उपभोक्ता महासंघ कार्यसमिति पदाधिकारीलाई गाउँपालिकाको सम्मान

122

बाँके अगैया, जेठ २३-
गाउँपालिका स्तरिय सामुदायिक वन उपभोक्ता महासंघका नवनिर्वाचित कार्यसमिति एवम् पदाधिकारीलाई राप्तीसोनारी गाउँपालिकाले सम्मान गरेको छ । हालै सम्पन्न निर्वाचनबाट कृष्ण केसीको अध्यक्षतामा नयाँ कार्यसमिति एवम् पदाधिकारी निर्वाचित भएको थियो । गाउँपालिका कार्यालय अगैयामा बुधबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लाहुराम थारु र उपाध्यक्ष धनीकुमारी खत्रीले नवनिर्वाचित कार्यसमिति पदाधिकारीलाई खादा र अबिर लगाएर सम्मान गरेका हुन् ।

सो क्रममा अध्यक्ष थारुले सामुदायिक वनमा हरेक वर्ग र जातीको सहभागिता हुने गरेको भन्दै वन, जंगल संरक्षणमा सामुदायिक वन उपभोक्ता समुहको योगदान धेरै रहेको बताए । ‘डाँडा पाखाहरु बिस्तारै नांगो हुदै गएको अवस्थामा सरकारले सामुदायिक वनको अवधारणा ल्यायो, जसले गर्दा नांगिदै गएका डाँडाहरु हरियालीमा परिणत भए,’ उनले भने । गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले वन जंगल संरक्षण, सम्वद्र्धनमा लाग्न सबै सामुदायिक वनकर्मीलाई आग्रह गरे । ‘राप्तीसोनारी गाउँपालिका प्राकृतिक स्रोत साधनका हिसाबले धनी गाउँपालिका हो, वन जंगल जोगाएर गाउँपालिकामा हरियाली बनाउनुपर्छ,’ उनले भने ।

नवनिर्वाचित सामुदायिक वन उपभोक्ता महासंघ राप्तीसोनारीका अध्यक्ष केसीले वन जंगल संरक्षणमा सबैलाई समेटेर लैजाने प्रतिवद्धता जनाए । सम्मान कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष चन्द्रबहादुर ओली, वडा नम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेत, सामुदायिक वन उपभोक्ता महासंघ राप्तीसोनारीका नवनिर्वाचित सचिव पार्वती खड्का, सदस्य हरिभक्त ओली, महासंघका प्रदेश प्रतिनिधि श्रीधर उपाध्यक्ष लगायतले बोलेका थिए ।

Womui
Womui