नेपालगन्ज गोल्ड कप : रुपन्देही फाइनलमा

48

नेपालगन्ज, जेठ २३- 
साविक विजेता लाली रुपन्देही–११ तेस्रो टुबोर्ग नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रुपन्देहीले घरेलु टोली नेपालगन्ज–११ लाई ४–२ गोलले पराजित गरेको हो । रुपन्देहीले नेपालगन्जलाई सुरुदेखि नै दबाबमा राखेको थियो । खेलको १५ मिनेटमा फोनाको गोलले रुपन्देहीले अग्रता लिएको थियो । रुपन्देहीले २१ मिनेटमा स्याला र २२ मिनेटमा ग्लोरी जोनको गोलले अझ अग्रता बढाएको थियो । मध्यान्तरपछि नेपालगन्ज आक्रमक रुपमा प्रस्तुत भयो ।

दोस्रो हाफको सुरुवातमै नेपालगन्जका कर्ण लिम्बुले गोल गरेर टीमको हौसला बढाए । त्यसको लगत्तै नेपालगन्जका किपर प्रितम खड्काले रुपन्देहीका ग्लोरीलाई फाउल गरेपछि पेनाल्टी दिइएको थियो । त्यसलाई रुपन्देहीका जनक कार्कीले गोलमा परिणत गरे । ४–१ गोलले पछि परेपछि नेपालगञ्ज अझ आक्रमण रुपमा प्रस्तुत भयो । नेपालको राष्ट्रिय टीमबाट खेलिसकेका कर्ण लिम्बुलाई खेलाएको नेपालगन्जले केही राम्रा अवसरहरु सिर्जना गरेको ग¥यो । यही बीचमा नेपालगन्जका विभुषण केसीले सुन्दर गोल गरे । ४–२ को अग्रता भएपछि रुपन्देही रक्षात्मक खेलेको थियो । नेपालगन्जले गोल गर्ने अवसरहरु सिर्जना गरेपनि गोल हुन सकेन । खेलमा म्यान अफ म्याच रुपन्देहीका ग्लोरी जोन भए । उनलाई दुग्गड ग्रुपका जनरल म्यानेजर प्रदीप छाछेडले मोबाईल हस्तान्तरण गरे ।

नेपालगन्जका प्रशिक्षक युवराज शाहीले तालमेल नहुँदा पराजित हुन पुगेको बताए । अपेक्षा अनुसारको प्रदर्शन हुन सकेन । ‘पहिलाको भन्दा त हामीले राम्रो ग¥यौ, तर, आगामी सिजनमा हामीले पूर्व तयारी गरेर टीम उतार्छौ, किपर र रक्षापंक्तिका खेलाडीका बीचमा तालमेल नहुँदा पहिलो गोल खायौ र त्यसपछि मनोबल अलिकति गिरेको पाए,’ शाहीले भने । रुपन्देहीका प्रशिक्षक पुकार गहतराजले आफूहरुले अवसरलाई गोलमा परिणत गर्न सक्दा विजयी भएको बताए । दोस्रो हाफमा तत्कालै गोल खादा टोली हतारिदा दोस्रो गोल खाएको गहतराजले बताए । उनले फाइनलमा अगाडिको लाइन सुधार गर्ने बताए । कप्तान सुजित गुरुंगले साविक विजेता भएकाले उपाधि जित्न प्रेसर बढेको बताए । बिहीबार दोस्रो सेमिफाइनलमा सीएमजी संकटा क्लव र सुदूरपश्चिम–११ का बीचमा हुनेछ ।

Womui
Womui