सेयरमा पूँजीगत लाभकर नलाग्ने, अब पुरानै विधिबाट कर

146

छिनछिन खबर
काठमाडौं, जेठ २३ । सरकारले बोनस र हकप्रद सेयरमा पुरानै विधिबाट पूँजीगत लाभकर गणना गर्ने निर्णय गरेको छ । उक्त निर्णयपछि सेयर लगानीकर्ताले आन्दोलन फिर्ता लिएका छन् । र, सेयर कारोबारमा सहभागी भएका छन् । लगानीकर्ता र अर्थमन्त्रालयबीच बुधबार भएको वार्तामा तत्कालका लागि पुरानै विधिबाट लाभकर गणना गरिने सहमति भएको हो ।

वार्तामा सहभागी लगानीकर्ताले तत्कालका लागि राजश्व विभागले गत जेठ १८ गते काटेको पत्र फिर्ता लिने जनाएपछि कारोबार खोल्ने सहमति भएको बताए । अर्थमन्त्रालयले लाभकरको बिषयमा अध्ययन गर्न गठित समितिको प्रतिवेदन नआएसम्म पुरानै विधिबाट लाभकर गणना गर्ने व्यवस्था गर्न आन्तरिक राजश्व विभागलाईनिर्देशन समेत दिईसकेको छ । त्यस्तै आन्तरिक राजस्व विभागले पनि धितोपत्र बोर्ड, स्टक एक्सचेञ्ज र सीडीएस एण्ड क्लियरिङलाई पुरानै विधिबाट लाभकर गणना गर्न भनेको छ ।

विभागले जेठ १८ गते बोनस र हकप्रद सेयरमा पनि अंकित मूल्यका आधारमा लाभकर गणना गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनको विरुद्ध लगानीकर्ता तीन दिनदेखि सेयर कारोबार रोकेर आन्दोलनमा उत्रिएका थिए ।

Womui
Womui