साउदी अरेबियामा महिलालाई सवारी चालक अनुमति पत्र वितरण, १० महिलाले पाए लाइसेन्स

161

काठमाडौं, जेठ २२ (एजेन्सी) । साउदी अरेबियाले महिलालाईसवारी चालक अनुमति पत्र (लाइसेन्स) दिन सुरू गरेको छ । ट्राफिक निर्देशनालयले सोमबार १० महिलालाई लाइसेन्स दिएको ।

उनीहरूले साउदीको लाइसेन्स लिन आफूसँग भएको विदेशी लाइसेन्स निर्देशनालयमा बुझाएका थिए । अर्को सातासम्म २ हजार महिलाले लाइसेन्स पाउने अपेक्षा गरिएको छ । यसअघि महिलालाई सवारी चलाउने अनुमति नदिने साउदी अरेबिया एकमात्र देश थियो।

गत वर्ष सेप्टेम्बरमा साउदी राजाले इस्लामिक कानुनअनुसार महिलाले लाइसेन्स पाउने घोषणा गरेका थिए ।

Womui
Womui