एनएमबी बैंकको सेयर जेठ ३० गतेदेखि, कति गर्ने लगानी ?

136

छिनछिन खबर
काठमाडौं, जेठ २२ । एनएमबी बैंकले यही जेठ ३० गतेदेखि थप सार्वजनिक निष्काशन (एफपिओ) गर्ने भएको छ । बैंकले एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ निष्काशनका लागि मंगलबार आह्वानपत्र प्रकाशित गरेको छ ।

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २ सय ३३ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३ सय ३३ रुपैयाँमा एफपिओ बिक्री गर्न लागेको हो । हाल एननएमबीको दोस्रो बजारमा प्रतिकित्ता ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बैंकको एफपिओमा यहि जेठ ३० गतेदेखि असार ३ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त अवधिमा आवश्यक आवेदन नपरेमा मात्र असार २८ गतेसम्म आवेदन गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आबेदन गर्न सकिने बैंकको सेयर निश्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।

बैंकले संस्थापकको ५१ र सर्वसाधारणको ४९ प्रतिशत हिस्सेदारी कायम गर्न एफपिओ बक्रिी गर्न लागेको हो । एफपिओबाट बैंकले २ अर्ब ६५ करोड रुपैयाँ प्रिमियम संकलन गर्नेछ भने एक अर्ब १४ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी थपिनेछ ।
हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ रहेको छ । एफपिओ जारी पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ६० करोड ३२ लाख नाघ्नेछ । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न बैंकले थप ४० करोड
रुपैयाँ पूँजी विस्तार गर्नेछ ।

Womui
Womui