नेपालगन्ज गोल्डकप : सुदूरपश्चिम-११ सेमिफाइनलमा

27

नेपालगन्ज, जेठ २२-
नेपालगन्ज गोल्डकपको पहिलो संस्करणको विजेता सुदूरपश्चिम–११ तेस्रो टुबोर्ग नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । ट्राइबेकरमा सरस्वतीलाई ८–७ गोल पाखा लगाउदै सुदूरपश्चिम सेमिफाइनलमा पुगेको हो । सुदूरपश्चिमका चेतन चौधरी, नरेन्द्र चौधरी, विजय सिंह, माधव भण्डारी, विनोद केसी, जीवन चौधरी, रंगोल चौधरी र भगेन्द्र चौधरीले गोल गरेका थिए । सरस्वतीका योघु सिल्वालले पेनाल्टीमा गोल गर्न नसकेपछि टीम बाहिरिएको थियो । त्यसअघि सविन खड्का, राज शाही, आशिष श्रेष्ठ, क्रिस अरमोडु, मार्बल सुनुवार, रोशन गुरुंग र तेजबहादुर बुढाथोकीले गोल गरेका थिए ।

खेल सुरु भएको ११ मिनेटमै विनोदले सुदूरपश्चिमलाई अग्रता दिलाएका थिए । सरस्वतीका क्रिस अरमोडुले ३९ मिनेटमा गोल गरेर खेल बराबरी गरेका थिए । पहिलो हाफको अतिरिक्त समयमा सम्हालिन नसक्दा सरस्वती ३–१ गोलले पछि परेको थियो । पहिलो हाफको पाँच मिनेट थपिएको अतिरिक्त समयको ४३ र ४४ मिनेटमा सुदूरपश्चिमका विनोदले दुई गोल गरेर ह्याट्रिक पूरा गरेका थिए । मध्यान्तर लगत्तै सुदूरपश्चिमका जीवन चौधरीले गोल गरेर ४–१ को नतिजा पु¥याएका थिए । तर, त्यसपछि सरस्वती खेलमा फर्कियो । क्रिसले ६१ र ७२ मिनेटमा गोल ह्याट्रिक पूरा गरेका थिए । खेल सकिन केही समय बाँकी रहेका बेला सरस्वतीले पेनाल्टी पाएको थियो ।

त्यसलाई आशिष श्रेष्ठले गोलमा परिणत गरेका थिए । ८७ औं मिनेटको गोलपछि खेल बराबरीमा टुंगिएको थियो । खेलको उत्कृष्ट खेलाडी सरस्वतीका क्रिस भएका छन् । यति सिमेन्टका प्रवन्ध निर्देशक सञ्जय अग्रवालले क्रिसलाई मोबाइल हस्तान्तरण छन् । सरस्वतीका प्रशिक्षक कृष्णगोपाल श्रेष्ठले शुरुदेखि नै पछि परेपनि आक्रमक खेल खेल्दा निर्धारित समयमा बराबरी गोल गर्न सकेको बताए । पहिलो हाफमा पाएको धेरै अवसरहरु खेर जादा टोली बाहिरिएको बताए । ४-१ गोलको नतिजालाई उल्टाउन सक्नु ठूलो कुरा भएको श्रेष्ठले बताए ।

कप्तान राज शाहीले उत्कृष्ट पुनरागमन भएपनि हार्नु परेको बताए । सुदूरपश्चिमका व्यवस्थापक अनिल के कठायतले धेरै खेलाडी बाहिर रहेकाले नयाँलाई राख्दा तालमेल मिल्न नसकेपनि जित्न सफल भएको छ । उनले अग्रतालाई जोगाई राख्न नसक्दा नतिजा अन्तिमतिर पुगेको बताए । कप्तान चेतन चौधरीले अग्रता भएपनि अन्तिममा दबाबमा पर्दा निर्धारित समयमा खेल बराबरी बताए । उनले फाइनल नै जित्ने गरी आएको बताए । बुधबार पहिलो सेमिफाइनल आयोजक नेपालगन्ज-११ र लाली रुपन्देही-११ का बीचमा हुनेछ ।

Womui
Womui