नारायणगढ–मुग्लिन सडक एकतर्फी

114

चितवन, जेठ २२ । चितवनको नारायणगढ —मुग्लिन सडक खण्डअन्तर्गत चारकिलो भन्ने स्थानमा मंगलबार बिहान े पहिरो खस्दा सडक एकतर्फ मात्र सञ्चालन भएको छ ।

अविरल वर्षापछि पहिरो खसेको हो । पानी पर्ने क्रम अझै रोकिएको छैन । चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार अहिले पहिरो पन्छाउनका लागि स्काभेटर पठाइएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा दुई दिन अघि मात्रै पहिरो खस्दा तीनघण्टा यातायात अवरुद्ध हुन पुगेको थियो ।

अहिले रात्रि गाडीको चाप रहेकाले सो गाडी कटाएर पहिरो पन्छाइने पन्तले बताए। नरायणगढ—मुग्लिन सडकखण्ड चौडा पार्ने काम अहिले अन्तिमतिर पुगे पनि भित्तो काटिएको क्षेत्रमा बेलाबेलामा पहिरो खस्ने गर्छ ।

रासस

Womui
Womui