२० वर्ष पुराना गाडीको प्रतिबन्ध फुकाउने कसरतमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री

82

छिनछिन खबर
काठमाडौं, जेठ २२ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले २० वर्षे थोत्रा गाडीको प्रतिबन्ध उल्टाउने कसरत सुरु गरेको छन् । उनले २०७३ माघमा गरिएको २० वर्षे थोत्रा सार्वजनिक सवारी प्रयोगको प्रतिबन्धलाई व्यवसायीसँगको मिलेमतोमा फकुवा गर्ने तयारी गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

मन्त्री महासेठले यातायात व्यवस्था विभागसँग २०७३ माघ मा भएको निर्णय फाइल मगाएका छन् । विभागले २०७३ फागुनदेखि काठमाडौं उपत्यामा २० वर्षे थोत्रा सार्वजनिक सवारीको रुपमा प्रयोग हुने सवारी प्रतिबन्ध गराएको थियो ।

यसैगरी विभागले २०७४ चैत एक गतेबाट देशभर २० वर्षे सवारी प्रयोगमा प्रतिबन्ध गराएको थियो । तर, व्यवसायीले सवारीको आयु वर्षको आधारमा नभई इज्जिन क्षमताको आधारमा प्रतिबन्ध लगाउनु पर्ने माग गर्दै आइरहेका छन् ।

व्यवसायीले उपत्यकामा २० वर्षे सार्वजनिक सवारी प्रयोगमा प्रतिबन्ध भएपछि पुराना गाडी ग्रामीण सडकमा प्रयोग गर्दै आएका थिए ।
तर, २०७४ चैतदेखि देशभर प्रतिबन्ध भएपछि पुराना गाडी कबाडीमा बेच्नु् पर्ने भएपनि ग्यारेजमा थन्काएर राखेका छन् । यसअघि केपी ओली शर्मा पहिलो पटक प्रधानमन्त्री बन्दा नै २० वर्षे पुराना सार्वजनिक सवारीका कारण दुर्घटना बढेको र वातावरण प्रदुषण भएको भन्दै प्रतिबन्ध लगाउने निर्णय भएको थियो ।

Womui
Womui