५१ लाख नगद र तीन करोड चेकसहित सात हुण्डी कारोबारी समातिए

134

छिनछिन खबर
काठमाडौ, जेठ २१ । प्रहरीले सोमबार काठमाडौंबाट ५१ लाख ४ हजार ५ रुपैयाँसहित ७ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले न्युरोडबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौं थापाथलीका २९ वर्षका राहुल राय अग्रवाल, सिन्धुपाल्चोकका ३१ वर्षीय राजकुमार श्रेष्ठ, भारत राजस्थानका ५२ वर्षका शिवकुमार साङ्तानी, भारत मुम्बईका ४६ वर्षका अरुण सावरथिया रहेका छन् । त्यस्तै, भारत दिल्लीका ३८ वर्षका रवीन्द्र चोखानी, ४७ वर्षका राजकुमार सिघान्ची र भारतको राजस्थानका ५२ वर्षीय जगदिश राना सरिया छन् ।

उनीहरुको साथबाट ३ करोड ५६ लाख ७३ हजार ५ सय ९७ रुपैयाँको चेक, ल्याप्टप र विभिन्न कागजातहरु पनि प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेकाहरुमाथि प्रारम्भिक अनुसन्धान सुरु गरिएको महाशाखाले जनाएको छ ।

Womui
Womui