जापान पठाउने भन्दै ठगी गर्ने पक्राउ

26

छिनछिन खबर
काठमाडौं, जेठ २१ । जापान पठाउने भन्दै रकम असुल गरी ठगी गर्ने गोरखा, भिमसेन गाउँपालिका–६ का केदारनाथ ढकाल पक्राउ परेका छन् ।

उनले सोही जिल्लाको पालुङटार–२ घर भएका कृष्णप्रसाद पोखरेललाई जापानमा आकर्षक तलव सुविधा भएको ४ लाख ५० हजार असुल गरेका थिए । रकम असुल गरे पनि जापान नपठाएपछि पीडितले प्रहरीलाई उजुरी गरेका थिए । महानगरीय अपराध महाशाखाबाट खटिएको बिशेष ढकाललाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

Womui
Womui