निर्माण थालेको १६ वर्षपछि सुकिलुम्बामा जहाज, यसरी गरियो परीक्षण उडान (फोटोफिचर)

296

छिनछिन खबर
इलाम, जेठ २१ । जिल्लाको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा सोमबार परीक्षण उडान गरिएको छ । तारा एयरको ट्वीनअटर जहाजले परीक्षण उडान गरेको हो । काठमाडौंबाट १ घन्टा २ मिनेटमा उक्त विमानस्थलमा जहाज आइपुगेको थियो । केही समय अघि मात्र विमानस्थलको निर्माण कार्य सकिएको हो ।

विमानस्थलमा खाल्डाखुल्डी मिलाउन भने बाँकी नै छन् ।  जिल्लामा पहिलो पटक विमान अवतरण र उडान हुने थाहा पाएका सयौं सथनीय विमानस्थल पुगेका थिए । सुकिलुम्बामा विमानस्थल निर्माण सुरु भएको १६ वर्षपछि ‘परीक्षण उडान गरिएको हो । विमानस्थलमा ६ सय ८० मिटर रनवे र ३० मिटर चौडाई छ । विमानस्थलका लागि अहिलेसम्म १८ करोड रुपैयाँभन्दा बढी रकम खर्च भएको प्राधिकरणले जनाएको छ ।

Womui
Womui