दाङकी कल्पना श्रेष्ठ भइन् मिसेस नेपाल एलिगेन्स

134

छिनछिन खबर
काठमाडौं, जेठ १८ । दाङकी कल्पना श्रेष्ठले यस वर्षको मिसेस नेपाल एलिगेन्सको उपाधि जितेकी छन् । ¥याम्प जोनले आयोजना गरेको प्रतियोगितामा ११ प्रतिस्पर्धीलाई उछिन्दै उनले ताज पहिरिएकी हुन् । कल्पनाले शीर्ष उपाधिसहित पाँच हजार रुपैयाँ, तीन महिनाको ब्युटिसियन कोर्ष तथा जुम्बा कोर्षको प्याकेज र अन्य उपहार प्राप्त गरिन् ।

त्यसैगरी उनले पोजिटिभ एटिच्युटको उपाधि समेत हात पारिन् । प्रतियोगितामा काठमाडौंकी सविना महर्जन मिसेस फोटोजेनिकसहित फस्ट रनरअप र जनकपुरकी लक्ष्मी शर्मा सेकेन्ड रनरअप भए । प्रतियोगितामा कुमारी गुरुङ मोस्ट पपुलर, भिवर्स च्वाइस र बेस्ट फिटनेस, रुमा शाक्य बेस्ट क्याटवाक र बेस्ट पर्सनालिटी, गृष्मा प्रधान बेस्ट स्माइल अवार्ड विजेता बने । यस्तै, शोभा श्रेष्ठ मोस्ट फ्रेन्डली, बिना गुरुङ सिवाकोटी बेस्ट हेयर, मानमती कार्की मोस्ट डिसिप्लेन, मञ्जु क्षत्री मोस्ट ब्युटीफुल र मन्दिरा केसी बेस्ट स्किनसँगै मोस्ट ट्यालेन्ट घोषित भए ।
प्रतियोगिताको निर्णायकमा पत्रकार डब्बु क्षत्री, संगीतकार सरोज प्याकुरेल, अभिनेत्री रेजिना उप्रेती, फेसन डिजाइनर तथा लन्डन फेसन हाउसकी अध्यक्ष मनिषा डंगोल श्रेष्ठ र मिसेस नेपाल ग्रान्डकी उपविजेता एलिना ध्वजु सुवेदी थिए ।

Womui
Womui