कुटपिटबाट मलेसियामा एक नेपालीको मृत्यु

158

छिनछिन खबर
पर्वत, जेठ १८ । रोजगारीका लागि मलेसिया पुगेका पर्वतका एक युवाको कुटपिटबाट मृत्यु भएको छ । उनलाई रोजगारीका लागि मलेसिया पुगेका नेपालीले नै कुटपिट गरेका हुन् ।

पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, धमिलपानी गाउँका २२ वर्षीय किशोर केसी (नसिब) को साथीभाइको कुटपिटबाट बुधबार मृत्यु भएको आफन्तले जनाएका छन् । सँगै काम गर्ने नेपाली साथीले एक साता अघि केसीलाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका केसीको मलेसियाको पुत्रोदय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मृतकका आफन्त अनमोल केसीले जानकारी दिए ।

रोजगारीका लागि मलेसिया पुगेका चारजना साथीले रडले प्रहार गर्दा केसीको पेटमा गहिरो चोट लागेको थियो । उनको शव घर ल्याउन एक हप्ता जति लाग्ने भएको छ । केसी २० महिना अघि रोजगारीका लागि मलेसिया पुगेका थिए ।

परिवारको सन्तान गुमाउन पुगेपछि परिवार र सिंगो गाउँ नै शोकमा डुबेको छ । आमा देवी अर्धचेत अवस्थामा छिन् भने गाउँलेमा रुवाबासी चलेको छ । केसीलाई कुटपिट गरी हत्या गर्ने साथी चारैजना प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।

Womui
Womui