प्रधानमन्त्री केपी शर्मा ओली असार पहिलो साता चीन भ्रमणमा जाँदै

112

छिनछिन खबर
काठमाडौं, जेठ १८ । प्रधानमन्त्री केपी शर्मा ओली असार पहिलो साता चीन भ्रमणमा जाने भएका छन् । असार ५ देखि १० गतेसम्म ओलीले चीनको भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले छिनछिन खबरलाई बताए ।


सरकारले भने प्रधानमन्त्रीको चीन भ्रमणबारे औपचारिक रूपमा जानकारी दिएको छैन । प्रधानमन्त्री ओलीले चीनमा राष्ट्रपति, प्रधानमन्त्री लगायत चिनियाँ कम्युनिष्ट पार्टीका उच्च तहका नेतालाई भेट्ने छन् । उनले केरुङ–काठमाडौं रेलमार्ग तथा नेपालमा चिनियाँ लगानी वृद्धि गर्न पहल गर्ने बताइएको छ ।

भारत भ्रमणबाट फर्किए लगत्तै प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे तयारी सुरु भएको थियो । बजेट लगायतका अन्य काममा व्यवस्तता हुनु परेकाले उनको चीन भ्रमणको मिति सर्दै आइरहेको हो । ओलीको चीन भ्रमणको विषयमा तयारीका लागि परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली ओलीको भारत भ्रमण लगत्तै चीन भ्रमणमा गएका थिए ।

Womui
Womui