तिनाउमा पहिरो खस्यो, बुटवल–पाल्पा सडक अवरुद्ध

239

छिनछिन खबर
बुटवल, जेठ १८ । बुटवल–पाल्पा सडक खण्डको तिनाउमा पहिरो खसेको छ । पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो गएको हो ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, हेडबक्समा पहिरो खसेको छ । पहिरो शुक्रबार बिहान खसेको प्रहरीले जनाएको छ । गत बैशाख ३१ गते पनि सोही स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

पहिरोबाट खसेका ठूलाठूला ढुंगाले सडकमा अवरोध सिर्जना गरेपछि पाल्पातिरबाट बुटवल आउँदै गरेका र बुटवलबाट पाल्पा, हुँदै गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ हिँडेका सवारी साधन र यात्रुहरु बीचमै अलपत्र परेका छन् ।

वर्षा नरोकिएकाले डोजर चलाएर पहिरो पन्छाउन ढिलाइ भएको प्रहरीले जनाएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ ।

Womui
Womui