कसले पाउँछन् शैक्षिक कर्जाबापतको सात लाख ऋण ?

104

छिनछिन खबर
काठमाडौं, जेठ १६ । अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजानिक गरेको बजेटमा शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँसम्म ऋण पाउने व्यस्था गरेको घोषणापछि यतिखेर कसरी ऋण प्राप्त होला भनेर चौतर्फी चर्चा भइरहेको छ । यस्तो ऋणको ब्याज ५ प्रतिशत मात्रै हुने भएकाले धेरैलाई चासो भइरहेको हो ।

कसरी पाइन्छ ऋण ?

अर्थमन्त्री खतिवडाका अनुसार अब विद्यार्थीहरुले थप अध्ययनका लागि प्रमाणपत्र धितो राखेर बैंकबाट ऋण पाउने छन् । ७ लाख रुपैयाँ ऋण पाउनका लागि स्नात्तक तह उत्तीर्ण गरेको हुनुपर्छ । कनिभने यो ऋण जुनसुकै विषयमा स्नात्तकोत्तर अध्ययन गर्ने विद्यार्थीलाई मात्रै दिइन्छ । ५ प्रतिशत ब्याजमा विद्यार्थीले ऋण पाउने व्यवस्था मिलाउनका लागि सरकारले कार्य्विधि बनाएर बैंकहरुलाई ब्याज अनुदान पनि दिन्छ ।

‘यसरी बैंकले प्रवाह गरेको ऋणको बीमा कम्पनीहरुले बीमा गरेका हुन्छन्, त्यसैले बैंकहरुलाई आफ्नो लगानी डुब्छ कि भन्ने चिन्ता पनि भएन,’ बजेटको ब्रिफिङ गर्न बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा खतिवडाले प्रष्ट पारे । सरकारले देश र जनताको पक्षमा काम गर्दा कसैले असहयोग गर्छ भने त्यसलाई नछाड्ने चेतावनी पनि अर्थमन्त्रीले दिए ।

Womui
Womui