शहीद पत्नीले पाइन रोजगारीको अवसर

49

छिनछिन खबर
जनकपुर,जेठ १६ । जनकपुर प्रदेश २ को सरकारले शहीद पत्नी अनिलाकुमारी यादवलाईलाई रोजगारी दिएको छ । शहीद रामविवेक यादवकी पत्नीलाइ मुख्यमन्त्री लालबाबु राउतले बुधबार न्यायाधिवक्ताको कार्यालयमा नियुक्ति दिएका हुन् ।

मुख्यमन्त्री राउतले अनिलाकुमारीलाई कार्यालय सहयोगी पदमा करारमा नियुक्ति गरेका छन् । अनिलाले प्रविणता प्रमाण पत्र तह अध्ययन गरेकी छिन् । उनको घरमा  आँफू छोरा, सासु, ससुरा रहेका छन् । प्रदेश सरकारको पहिलो बसेको मन्त्रीपरिषदको बैठकले शहीद परिवारको सदस्यलाई योग्यताको आधारमा रोजगारी दिने निर्णय गरेको थियो ।

२०७३ भदौ २३ गते उनका पति रामविवेक यादवको मधेसी मोर्चाले गरेको आन्दोलनको क्रममा महोत्तरीको जलेश्वरमा प्रहरीको गोली लागी रामविवेक यादवको घटनास्थलमै मृत्यू भएको थियो ।

Womui
Womui