बजेट कार्यान्वयन हुन कठिनः कांग्रेस नेता रामशरण महत

133

छिनछिन खबर
काठमाडौं, जेठ १६ । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री रामशरण महतले मंगलबार संसद्मा पेस गरिएको बजेट कार्यान्वयन हुन कठिन रहेको बताएका छन् ।


अर्थमन्त्री युवराज खतिवडाले खर्च गर्ने अवस्था नरहेको क्षेत्रमा समेत बजेट विनियोजन गरेको महतको भनाइ छ । ‘बजेटमा उल्लेख गरिएको दुई वर्षमा २० लाख पर्यटक भित्र्याउने, पाँच वर्षमा पाँच लाखलाई रोजगारी तथा स्थानीय तहमा प्राविधिक विद्यालय खोल्ने कार्यक्रम सुन्दा आकर्षक छन्,’ उनले भने, ‘तर, यो सरकारले कार्यान्वयन गर्ने सामथ्र्य राख्दैन ।’

वर्षेनि विकास बजेट खर्च हुन नसकेको बेला सरकारले ल्याएको बजेटको आकार पनि ठूलो भएको उनको भनाइ छ । ‘संघीय सरकारले १३ खर्ब १५ अर्बको बजेट बनाउनु यतिखेरको सन्दर्भमा ठूलो आकार हो,’ उनले भने, ‘स्थानीय र प्रदेश सरकारले बजेट बनाउँदा १७ खर्ब हाराहारी पुग्छ । त्यति ठूलो बजेट कार्यान्वयन गर्ने संयन्त्र छैन ।’

सरकारले बजेटका शीर्षक पढ्नु भन्दा कसरी कार्यान्वयन गर्ने भन्नेबारेमा ध्यान दिएको भए राम्रो हुने उनको सुझाव छ । बजेटमा जनतालाई धेरै आवश्वासन मात्र दिइएको महतको भनाइ छ ।

Womui
Womui