बजेटपछि महँगिएका वस्तु यी हुन्

39

छिनछिन खबर
काठमाडौं, जेठ १५ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत विभिन्न वस्तुहरुमा कर बढाएका छन् । बजेट घोषणासँगै उपभोक्ताले मदिरा, चुरोट, सूर्तीजन्य पदार्थमा महंगो शुल्क तिर्नु पर्ने भएको छ । मदिरा, चुरोट, सूर्तीजन्य पदार्थमा अन्तःशुल्क वृद्धि गरिएको छ । यस्तै कोका मिश्रित चकलेट, पफ्र्यूम, खेलौना तथा रेफ्रिजेरेटर जस्ता वस्तुको आयात तथा आन्तरिक उत्पादनमा समेत अन्तःशुल्क लाग्ने व्यस्था बजेटले गरेको छ ।

सवारी साधन अन्तर्गत ४ पाङ्ग्रे गाडीमा पनि अन्तःशुल्क वृद्धि गरिएको छ । १ हजार सीसीभन्दा माथिका ४ पाङ्ग्रे सवारी साधनमा अन्तःशुल्क वृद्धि गरिएको हो । साथै मोटरसाइकलमा पनि अन्तःशुल्क वृद्धि गरिएको छ । १ सय ५० सीसीभन्दा माथिका क्षमता भएका मोटरसाइकलहरुमा अन्तःशुल्क वृद्धि गरिएको हो ।

चुरोटको उत्पादन र पैठारीमा प्रतिखिल्ली पच्चीस पैसाका दरले स्वास्थ्य जोखिम कर लगाउने व्यवस्था भएको छ ।
अर्थमन्त्री खतिवडाले मंगलबार आर्थिक वर्ष २०७५÷७६ का लागि १३ खर्ब १५ अर्बको बजेट संघीय संसद्का दुई सदनमा पेस गरेका थिए । बजेटमा दुई वर्षमा २० लाख पर्यटक भित्र्याउने, पाँच वर्षमा पाँच लाख रोजगारीका अवसर सिर्जना गर्न जोड दिएको छ । आन्तरिक रोजगारीलाई वृद्धि गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तीन खर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

Womui
Womui