गोरे भन्छन्– दुबईबाट सुन कसले पठाउँथे, थाहा छैन, नेपालमा एसएसपी खत्रीले विमानस्थलबाहिर लैजान्थे

148

छिनछिन खबर
विराटनगर, जेठ १४ ।
३८ किलो सुन तस्करीका प्रमुख योजनाकार भनिएका चूडामणि उप्रेती गोरेले दुबईबाट सुन कसले पठाउने गरेको थियो भन्नेबारेमा जानकारी नभएको दाबी गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको सुन भने एसएसपी श्याम खत्रीले लैजाने गरेको खुलासा गरेका छन् । विमानस्थलबाट सुन बाहिर लगेबापत खत्रीले प्रतिकिलो ५० हजार रुपैयाँ लिने गरेको गोरेको भनाइ छ ।
उनले अदालतमा दिएको २७ पृष्ठ लामो बयानमा भारतीय ब्यापारीले झिकाएको सुन सम्बन्धित स्थानसम्म पु¥याउने भरियाको निगरानीको काम गर्दै आएको बताएका छन् ।

दुबईमा भारतीय ब्यापारीले मगाएको सुन हराएपछि सुन मालिकले बारम्बार ताकेता गर्न थालेको र आफैमाथि सुन चोरेका अरोप लगाउन थालकेो बताउँदै गोरेले विभिन्न ब्यक्तिसँग सुन चोरीका विषयमा अनुसन्धान थालेको बयान दिएका छन् ।

उनले सनम शाक्यलाई कुटपिट गरी करेन्ट लगाए पनि आफु हत्यामा संलग्न नभएको गोरेको दावी गरेका छन् । गोरेले सनमलाई गाडीमा आराम गर्न राखेका बेला टेकबहादुर मल्लले करेन्ट लगाएर मारेको आरोप लगाएका छन् ।,

गोरेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
यसैबीच मोरङ अदालतले गोरेलाई थुनामा राख्न आदेश दिएको छ । थुनछेकको बहस सकिएपछि संगठीत अपराध ऐन २०७० र मुलुकी ऐन अदालती बन्दोबस्ती महलको देहाय २ नम्बर बमोजिम गोरेलाई जिल्ला न्यायाधीस नारायणप्रसाद शर्माले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका हुन् ।

Womui
Womui