गरिबी घटाउन चुनौती, अझै २१ प्रतिशत जनता निरपेक्ष गरिबीको रेखामुनी

119

छिनछिन खबर
काठमाडौं, जेठ १४ । गरिबीको चपेटामा रहेका नेपालीलाई उकास्न चुनौती देखा परेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार अझै पनि नेपालमा २१.६ प्रतिशत जनता निरपेक्ष गरिबीको रेखामुनी छन् ।

आर्थिक वर्ष २०७२ र ७३ मा गरिबीको रेखामुनि रहेको जनताको संख्या २३.८ प्रतिशत थियो । त्यस्तै पहिलोपटक आर्थिक सर्वेक्षण हुँदा २०५२÷५३ मा ४८ प्रतिशत जनता गरिबीको रेखामुनि थिए ।

यत्तिखेर कर्णाली प्रदेशमा सबैभन्दा उच्च गरिबी रहेको छ भने सबैभन्दा न्युन गरिबी ३ नम्बर प्रदेशमा छ । सरकारले गरिबी घटाउनको लागि सन् २००३ मा गरिबी निवारण कोष समेत स्थापना गरेको थियो । गरिब जनतालाई लक्षित गरेर सरकारले गत आर्थिक वर्षमा करिब ७ सय वटा पुर्वाधार निर्माणका परियोजना पनि संञ्चालन गरेको छ ।

चालु आर्थिक वर्षको ८ महिनामा कोषबाट ५ हजार ४ सय १ परियोजना संचालनमा ल्याएको छ । विभिन्न सामुदायीक संस्थामार्फत संञ्चालन हुने गरिबी निवारण कार्यक्रमका लागि सरकारले ८ महिनामा २८ करोड ५ लाख खर्च गरेको समेत रिर्पोटमा उल्लेख गरिएको छ ।

कोष मार्फत गत आर्थिक वर्षमा ११ हजार परियोजना संञ्चालन गरिएको थियो जसका लागि करिब २ अर्ब रकम समेत विनियोजन गरिएको थियो । तर सरकारले चालु आर्थिक वर्षमा भने यो रकम बढाएर १३ अर्ब ३३ करोड २१ लाख पु¥याएको छ ।

प्रतिबर्ष ५ लाख नयाँ थपिने नेपाली श्रम बजारमाश्रमको अभावमा हालसम्म ४३ लाख युवा विभिन्न माध्यमबाट रोजगारिका लागि विदेश पलायन भएका छन् । अहिले दैनिक १२ देखि १५ सय युवा रोजगारीका लागि विदेश पलायन हुने गरेका छन् ।

 

Womui
Womui