जेष्ठ नागरिकलाई सम्मान

159

नेपालगन्ज, जेठ १३-
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० मा जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० वडा समितिको कार्यालयले वडा नम्बर १० का ८० वर्ष भन्दा माथिका २५ जनालाई दोसल्ला, प्रमाण पत्रसहित सम्मान गरेको हो ।

जेष्ठ नागरिकको समाजप्रतिको योगदानलाई स्मरण गर्दै सम्मान स्वरुप उपहारसहित सम्मान गरिएको हो । जेष्ठ नागरिकलाई सम्मान गर्दै नगर प्रमुख डा. धवलसम्शेर राणाले जेष्ठ नागरिकको अनुभवलाई विकासमा सदुपयोग गर्न आब्हान गरे । वडाअध्यक्ष विन्दुभुषण बस्नेतले आगामी दिनमा जेष्ठ नागरिकका लागि थप बजेटको व्यवस्था गरिने विश्वास व्यक्त गरे ।

वडासदस्य नरबहादुर बिष्टद्धारा सञ्चालन गरिएको उक्त कार्यक्रममा, जेष्ठ नागरिक कृष्णमान श्रेष्ठ, विष्णुप्रसाद अर्याल, समाजसेवी गोपीचन्द्र वर्णवाल, वडा सदस्य बसन्ता जोशी लगायतले आफ्ना अनुभव सुनाउँदै जेष्ठ नागरिप्रति सम्मान प्रकट गरे ।

Womui
Womui