समृद्धिका योजना अघि सार्नु महत्वाकांक्षा हो र ?ः प्रधानमन्त्री ओली

54

छिनछिन खबर
काठमाडौं, जेठ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले समृद्धिका लागि काम गरिरहेको बताएका छन् । समृद्धिको लक्ष्यमा आधारित भएर नै उनले आउँदो आर्थिक वर्षमो बजेट आउनेसमेत जानकारी दिए ।

सरकारले केही दिन अघि पेस गरेको नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै ओलीले विकास, न्याय र अवसर प्राप्तीका लागि सरकारले अघि सारेका कुनै पनि योजना महत्वाकांक्षी नभएको बताए । सरकारले पेस गरेको नीति तथा कार्यक्रमलाई लिएर विपक्षी सांसदले महत्वाकांक्षी र हावादारीसमेत भन्न भ्याएका थिए । नीति तथा कार्यक्रममा ८२ सांसदले भाग लिएका थिए ।

प्रधानमन्त्री ओलीले नेपाल अब सधैं अल्पविकसित रहिरहन नसक्ने बताए । प्राकृतिक हिसाबले हेर्दा नेपाल गरिब हुन मिल्ने देश नभए पनि व्यवहारमा त्यस्तो हुनु दुःखद पक्ष भएको उनको भनाइ छ । प्राकृतिक रुपमा नेपाल सम्पन्न भएझै नेपालीका सन्तान बुद्धिजिवी, मेहनती, बहादुर रहेकाले गर्व गर्न लायक रहेको उनको भनाइ छ ।

उनले सरकारले हरेक नेपालीलाई खान, लगाउन सक्ने अवस्थामा पु¥याउनुको साथै बिरामी हुँदा उपचार गर्ने र छोराछोरी पढाउन सकिएन भन्ने अवस्थाबाट माथि उकास्ने गरी काम गरिरहेको बताए । त्यस्तै हरेक नागरिकलाई अन्यायमा पर्न नदिने र जो कोहीले अवसर प्राप्त गर्न सक्ने हुनुपर्छ भन्नेमा ध्यान दिइरहेको बताए । देशको आर्थिक विकासका लागि सरकारले ठूलो आयोजनालाई जोड दिइरहेको प्रधानमन्त्री ओलीले बताए । उनले आवश्यकता अनुसार संविधान संशोधन गर्न सकिने समेत बताए । तर, संशोधनका लागि औचित्यता पुष्टि हुनुपर्ने उनको भनाइ छ ।

Womui
Womui