सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, यी हुन् सरकारका १० प्राथमिकता

127

मालती ओली
काठमाडौं, जेठ ७ । सरकारले आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दुबै संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रमभित्र रहेर यही जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट पेश गर्नेछन् ।

 

सरकारले स्वदेशमा रोजगारी सिर्जना, भौतिक पूर्वाधारको विकासलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

यी हुन सरकारका प्रमुख १० प्राथमिकताः

१. पाँच वर्षपछि रोजगारीका लागि विदेश जान नपर्ने
२ पाँच वर्षभित्र सबै स्थानीय तहमा पीच सडक
३. पाँच वर्षभित्र काठमाडौं–तराई दु्रत मार्ग निर्माण
४ पाँच वर्षमा झापादेखि डडेलधुरासम्म मदन भण्डारी राजमार्ग निर्माण
५ दश वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन
६ संभाव्यताका आधारमा देशभर मेगा र स्मार्ट सिटी बनाउने
७. तीनवटै निकायमा भवन निर्माण आचारसंहिता लागु गर्ने ८. ठूला अस्पतालमा जेष्ठ नागरिक वार्ड राख्ने
९. तीन वर्षभित्र रंगशाला निर्माण गर्ने
१०. स्थानीय तहमा खेल मैदान बनाउने

Womui
Womui