सामुहिक कृषि प्रणालीमा सरकारको जोड

40

छिनछिन खबर
काठमाडौ, जेठ ७ । सरकारले सामुहिक कृषि प्रणालीलाई विकास र विस्तार गर्ने भएको छ । संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा ५ बर्ष्भित्रमा आधुनिक र वैज्ञानिक कृषि प्रणलीको विकास गर्दे नेपालको ठूलो हिस्सा आधुनिक कृषि प्रणालीमा परिचालन गर्ने विषय समेटिएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको कार्यक्रममा कृषियोग्य भूमिको खण्डिकरण रोक्न पहल गर्ने, र कृषि उत्पादनको बृद्धिका लागि किसानलाई प्रोत्सान गर्न विभिन्न योजना ल्याउने कुरा उल्लेख गरेकी छन् ।

सरकारले अर्गानिक कृषि प्रणालीमा जोड दिनुका साथै कृषिलाई प्रभावकारी बनाउन अनुगमन गर्ने व्यवस्था मिलाउने जनाएको छ । कृषिलाई मजबुत बनाउन प्राविधिक ज्ञानका लागि कृषि केन्द्र गठन गनर्,े बिक्रिका लागि बजार व्यवस्थापन गर्ने, बाली लगाउनु पूर्व नै मुल्य निर्धारण गर्ने, भण्डारणको प्रभावकारी व्यवस्था गर्ने, साना तथा ठूला सिंचाईको राम्रो व्यवस्था गर्ने, फलफुल खेतीका लागि किसानलाई उत्साहित गराउन भरपुर कदम चाल्ने जनाएको छ । त्यस्तै गरी पानीका मुहानको संरक्षण गर्नुका साथै भू–क्षय नियन्त्रण र राष्ट्रपति चुरेकार्यक्रम प्रभावकारी बनाउने सरकारको योजना छ ।

Womui
Womui