चट्याङबाट १२ जना किसान मारिए

102

एजेन्सी, जेठ ७ । रुवाण्डाको किगाली भन्ने स्थानमा खेतमा काम गरिरहेको बेला चट्याङ लागेर शनिबार र आइतबारमात्र १२ जना किसान मारिएको समाचार छ । सो घटनामा परी दर्जनौं व्यक्ति घाइते भएका गृह प्रशासनसम्बन्धी अधिकारीले सोमबार बताए ।

आइतबार बिहान ८ ः४५ बजेतिर उक्त खेतमा काम गरिरहेका धरै किसानलाई चट्याङ लागेको थियो । आकास चम्किएको विद्युत्ले हानेपछि लगत्तै भूइँमा लडेका १२ जनाको घटनास्थलमै निधन भएको जनाइएको छ ।उक्त स्थानमा पहिला पनि चट्याङमा परेर धेरै व्यक्तिको  ज्यान गएको थियो ।

Womui
Womui