पौडी खेल्न गएका चार वालिकाको डुबेर मृत्यु

43

छिनछिन खबर
भैरहवा, जेठ ७ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका ११ नौखनिया पोखरीमा नुहाउन गएका ४ बालिकाको डुबेर मृत्यु भएको छ नुहाउन पोखरीमा पुगेका उनीहरुको पौडिन नसक्दा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ९ वर्षीया अविदा खातुन, १० वर्षीया साहिमा खातुन, मुदिना खातुन र १४ वर्षीया साहिया खातुन रहेका छन् ।

 

बालिका डुबेको पोखरी लुम्बिनीदेखि झन्डै ४ किलोमिटर पश्चिम र गाउँदेखि १ किलोमिटर टाढा रहेको छ । बालिकाहरु पोखरीमा तैरिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी आएर उनीहरुलाई पोखरीबाट निकालेका थिए । उक्त पोखरीमा त्यस वरपर रहेका बालबालिका अन्य समयमा पनि नुहाउन जाने गरेको स्थानीयले बताएका छन् ।

चार जना बालिकाको डुबेर मृत्यु भएपछि लुम्बिनीको मसिना गाउँ शोकमा डुबेको छ । मृतक बालिकालाई पोस्टमार्टमका लागि भैरहवा ल्याउने तयारी भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । मृतक बालिकामध्ये २ जना दाजुभाइका छोरी रहेको बुझिएको छ।

Womui
Womui