अब सेयर किन्ने ऋण ब्रोकर कार्यालयबाटै

34

छिनछिन खबर
काठमाडौं, जेठ ६ । सेयर खरिद गर्ने रकमका लागि बैंक धाउँदैमा हैरान हुनु भएको छ ? त्यसो हो भने खुशीको खबर छ । अबदेखि सेयर खरिदका लागि आवश्यक रकम ब्रोकर कार्यालयबाटै उपलब्ध हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सम्बन्धी निर्दे्शिका स्वीकृत गरेपछि सेयर खरिदका लागि आवश्यक रकम ब्रोकर कार्यालयबाटै उपलब्ध हुने भएको हो । बोर्डको सञ्चालक समितिले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तयार पारेको उक्त कार्य्विधि स्वीकृत गरेको हो ।

बोर्डको स्वीकृतिसँगै लगानीकर्ताहरुले सेयर ब्रोकरको कार्यालयबाटै सेयर किन्न ऋण पाउने भएका हुन् । एक ब्रोकरले आफ्नो खुद सम्पत्तिको २ गुणा अर्थात १० करोड रुपैयाँसम्म मार्जिन ल्याण्डिङ्ग सुविधा सेयर धितो कर्जा उपलब्ध गराउन सक्ने व्यवस्था छ ।

हाल ५० वटा स्टक ब्रोकर कम्पनीहरु सक्रिय छन् । जसअनुसार प्रत्येक ब्रोकरले १० करोड रुपैयाँका दरले कुल ५ अर्ब रुपैयाँसम्मको सेयर धितो कारोबार गर्न पाउनेछन् ।वोर्डको निर्देशन बमोजिम नेप्सेले छिट्टै उक्त कार्र्यिवधि कार्यान्वयमा ल्याउने र सोबाट धितोपत्रको दोस्रो बजारमा नयाँ अध्याय थपिने बोर्डले जनाएको छ ।

लगानीकर्ताहरुलाई सेयर खरिद विक्री गर्न थप सहज हुने तथा धितोपत्र व्यवसायको दायरा समेत फराकिलो हुनगई धितोपत्र कारोवार बढी गतिशिल हुन मद्दत पुग्ने बोर्डको अपेक्षा छ ।

Womui
Womui