झरीका कारण मुग्लिन सडक खण्डमा पहिरो खस्दा यात्रुु अलपत्र

51

छिनछिन खबर
चितवन, जेठ ६ । आइतबार बिहान ५ः ३० बजे इच्छाकामना गाउँपालिका– ६ कालीका खोलामा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड ठप्प भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ठूलो पहिरो खसेको छ । पहिरोले केही क्षति भने पु¥याएको छैन अबरुद्ध सडक खोल्न अहिले पहिरो पन्छाउने काम भइरहेको छ ।

पहिरो ठूलो भएकाले पन्छाउन भने केही समय लाग्ने बताइएको छ ।सडक अवरूद्ध भएपछि सवारी साधनको लामो लाइन लागेको छ भने यात्रु अलपत्र परेका छन् ।

Womui
Womui